• २०८१ बैशाख १४ शुक्रबार

दिल्लीमा भिषण आगलागी, ४३ जनाको मृत्यु 

kharibot

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसीमा रहेको खाद्यान्नको मण्डीको एक उद्योगमा आगलागी हुदा ४३ जनाको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईले प्रहरीलाई उदृत गर्दै आगलागीमा परेर मृत्यु हुनेको संख्या ४३ पुगेको बताएको छ ।

आगलागीमा परेका कम्तिमा ५० जनाको सकुशल उद्धार गरिएको बताइएको छ । आगलागी आइतबार बिहान ५ बजेको आसपासमा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्लीको आगलागी नियन्त्रण केन्द्रलाई ५ बजेर २२ मिनेटमा आगलागीको सूचना प्राप्त भएको र आगलागी भएको ठाउमा ३० भन्दा बढी दमकल पुगेको बताइएको छ ।

आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उद्धारको काम भइरहेको र घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिदै आफु आगलागी भएको स्थानमा जान लागेको बताएका छन् ।

आगलागी भएको भवन ६ तलाको भएको र यस भवनमा प्याकेजिङको काम हुने गरेको बताइएको छ । छैठौ तलामा आगलागी भएकाले सो तालामा भएकाहरु बाहिर निस्किन नसकेकाले आगोमा परेर मृत्यु भएको बताइएको छ । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै