• २०८१ बैशाख १५ शनिबार

अक्षयकुमार भन्छन्,'भारतीय पासपोर्ट बनाउदै छु'

kharibot

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार पटक पटक आफ्नो क्यानेडियन पासपोर्टका बारेमा विवादमा आउने गरेका छन् । हालै अक्षयले हिन्दुस्तान टाइम्सको लिडरसिप समीटमा आफ्नो पासपोर्ट बारे स्पष्ट गर्दै आफुले छिट्टै भारतीय पासपोर्ट बनाउन लागेको खुलासा गरेका छन् ।

पासपोर्ट विवाद बारेमा सोधिएको प्रश्नको जवाफ दिदै आफ्ना लगातार १४ फिल्म फ्लप भएपछि आफु क्यानाडा गएर बस्ने सोचाईले त्यति बेला क्यानाडियन पासपोर्ट बनाएको तर आफ्नो १५औ फिल्म हिट भएपछि आफुले फिल्ममा निरन्तरता दिएको बताएका थिए ।

अक्षयले अहिले आफु सफल भएपछि हरेक ठाउमा आफ्नो पासपोर्टको विषय उठाइएकोमा दुख व्यक्त गर्दै अब आफुले मानिसहरुलाई यस्तो भन्ने ठाउ नदिन भारतीय पासपोर्टका लागि निवेदन दिइसकेको जानकारी दिए ।

केहि महिना अघि भारतमा भएको लोकसभा निर्वाचन अघि प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिदा समेत अक्षयको नागरिकता बारे प्रश्न उठेको थियो । सो निर्वाचनमा उनले मतदान गर्न नपाएपछि आम मानिसहरुले समेत उनको नागरिकताका बारेमा प्रश्न उठाएका थिए ।

हाल आफ्नो फिल्म गुड न्युजको प्रमोशनमा व्यस्त रहेका अभिनेता अक्षयकुमार अहिलेका बलिवुडका सर्वाधिक सफल अभिनेता हुन् । यस बर्ष मात्र उनका तीन फिल्म केसरी, मिशन मंगल र हाउसफुल-४ रिलिज भइसकेका छन्, जसमा तिनै फिल्म बक्स अफिसमा सुपरहित भएका छन् । उनको नयाँ फिल्म गुड न्युज यहि डिसेम्बर २७ मा रिलिज हुदै छ ।

अक्षयको २०२० मा तीन ठुला बजेटका फिल्म आउदै छन्, जसमा सुर्यबंशी, लक्ष्मी बम्ब र पृथ्वीराज रहेका छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै