• २०८१ बैशाख १४ शुक्रबार

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते, स्थिति तनावग्रस्त

kharibot

तस्विर : बिमल पौडेल

काठमाडौं । आइतबार बिहान १० बजे तिर त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ।

कोहलपुर - नेपालगन्ज सडक खन्डमा आइतबार बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी बसेकी कोहलपुर-११ की १२ वर्षीया प्रकृति चन्द घाइते भएकी हुन्।

जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो। “ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ। खुट्टाको हड्डी सडकमा छरपस्ट छ”, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भने।

घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रदेश ५ का प्रहरी प्रवक्ता नवराज पोखरेल बताएका छन्। उनको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्यत्र लाने तयारि भैरहेको छ।  

ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते भएपछि आक्रोसित हुँदै विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेका छन्। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् भने चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।

प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन्।

घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै