• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा दोहोरो अंकले बृद्धि

kharibot

काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्सेमा दोहोरो अंकले बृद्धि देखिएको छ।

आज नेप्से १३ दसमलव ५१ अंकले बढेर ११ सय ४८ दसमलव ८९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ६५ अंकले बढेर दुई सय ५३ दसमलव १७ बिन्दुमा चढेको छ।

एक सय ७३ कम्पनीहरुको सात हजार छ सय २७ वटा कारोवारमा १४ लाख ५९ हजार सात सय कित्ता सेयर  खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४६ करोड ४२ लाख २० हजार तीन सय ९२ रुपैयाँ पुगेको छ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा अन्य समुहको सुचक घटेर सामुहिक लगानी कोष समुहको सुचक स्थिर रहेको छ भने बाँकी समुहको सुचक बढेकाछन्। ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ९१ अंकलो बढेर एक हजार ३४ दसमलव ८० बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २८ दसमलव १५ अंकले बढेर १५ सय ६७ दसमलव ५८ बिन्दुमा चढेको छ।

जलबिद्युत समुहको सुचक पनि १६ दसमलव आठ अंकले बढेर नौ सय ४५ दसमलव ५७ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ५६ दसमलव ३४ अंकले बढेर चार हजार दुई सय ६२ दसमलव ५४ बिन्दुमा चढेको छ। यि बाहेक जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन्।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नाडेप लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर चार सय ४० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नविल इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य पाँच रुपैयाँ ७४ पैसाले घटेर सात रुपैयाँ ३८ पैसामा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय १३ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड २८ लाख ७० हजार आठ सय ९४ रुपैयाँको कारोवार भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै