काठमाडौं । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा बंगलादेशको यू-२३ टिमले स्वर्ण पदक जितेको छ ।
सोमबार भएको फाइनलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
श्रीलंकाले दिएको १२३ रनको लक्ष्य पछाएको बंगलादेशले १८ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
सागमा पहिलो पटक समावेश भएको क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ भने श्रीलंकाले रजत पदक जितेको छ ।
साग क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेर काश्य पदक जितेको छ ।