• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइन्डिजका ब्राभोले सन्यास तोडे, टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने

kharibot

काठमाडौँ । वेस्टइन्डिजका पुर्व कप्तान डवाने ब्राभो अन्तर्राष्ट्रिय टी-२० मा फर्किने भएका छन् । ब्राभोले आधिकारिक रुपमा आफु अन्तर्राष्ट्रिय टी-२० मा फर्किने निर्णय गरेको बताएका छन् ।

आफ्नो टी-२० अन्तर्राष्ट्रिय खेलमा पुनरागमन बारे बोल्दै ब्राभोले भने, 'एकपटक टीममा छनौट भएपछि म टिमका लागि पुर्णरुपमा प्रतिबद्ध भएर खेल्ने छु । वेस्टइन्डिज क्रिकेटका फ्यानहरुलाई मेरो यो निर्णयले उत्साहित गराउने विश्वास लिएको छु साथै युवा खेलाडीहरुसँग खेल्ने नयाँ अवसर समेत हुने विश्वास गरेको छु ।'   

क्रिकइन्फोका अनुसार ब्राभोले अर्को बर्ष हुने टी-२० विश्वकपलाई ध्यानमा राख्दै टी-२० खेल्ने बताएका हुन् । २०१८ मा सन्यासको घोषणा गरेका ब्राभो अहिले फ्रेन्चाइजी क्रिकेट खेलिरहेका छन् ।

वेस्टइन्डिजका लागि ६६ अन्तर्राष्ट्रिय टी-२० खेलेका ३६ बर्षिय ब्राभोले २४.२९ को औसतले ११४२ रन बनाएका छन् भने ५२ विकेट समेत लिएका छन् । एक समयका उत्कृष्ट अलराउन्डर रहेका ब्राभो आक्रामक क्रिकेट खेल्ने खेलाडीका रुपमा परिचित छन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै