• २०८१ जेठ ५ शनिबार

मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयको स्पष्टोक्ति

kharibot

फाइल तस्बीर

हेटौडा । मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले स्पष्ट पारेको छ । मकवानपुरको गढी गाउँपालिका ७ को बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि हवाई दुर्घटना भएको भन्दै सामाजिक संजालमा हल्ला भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता चन्द्र लाल कर्णले खरीबोटसँग कुरा गर्दै त्यो घटनासँग विमानको कुनै सम्बन्ध नभएको बताए । प्रवक्ता कर्णले सबै विमान सम्पर्कमा भएकोले सो घटना अन्य घटना हुनसक्ने बताउदै कुनै विमान दुर्घटना नभएको स्पष्ट गरेका छन् ।    

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार विहान आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै