काठमाडौँ । नेकपा एमाले र नेपाल प्रजापरिषदबीच एकीकरण भएको छ ।
आज भएको एकीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रजापरिषदका अध्यक्ष गोबिन्दप्रसाद दुलालले हस्ताक्षर गरेको एकीकरण सम्झौता पत्रमा राष्टवादी र प्रगतिवादीहरुको आवश्यकता महसुस गरी एकीकरण गरेको उल्लेख गरिएको छ ।
आशन्न चुनावमा परिषद्ले वामपन्थी उम्मेदवारलाई समर्थन गर्ने र चुनावपछि एमालेले परिषद्का कार्यकर्तालाई सम्मानजनक स्थान दिने उल्लेख छ । नेपाली कांग्रेसको स्थापनाभन्दा पहिले राणा शासनको बिरोध गर्न प्रजा परिषद् देशकै सबैभन्दा पुरानो पार्टी थियो ।









