• २०८१ बैशाख १५ शनिबार

प्रदेश ३ को राजधानी हेटौँडा, दुईतिहाइ भन्दा बढी मतबाट स्वीकृत

kharibot

तस्वीर : श्रीराम अर्जुन

हेटौँडा । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौँडालाई गरेको प्रस्ताव दुईतिहाइ भन्दा पनि बढी मतबाट स्वीकृत भएको छ।

सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए।

यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गर्यो। सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाए।

प्रदेश ३ को राजधानी हेटौंडा भए संगै नाम बाग्मती रहेको छ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै