• २०८१ जेठ २ बुधबार

बारका पूर्वाध्यक्ष पाण्डेको निधन

kharibot

दमौली । नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवम् जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ। केही समयदेखि अस्वस्थ पाण्डेको तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो।

पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ। पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए।

नेकपा जिल्ला अध्यक्ष एवम् सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पुर्याएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै