काठमाडौं – मिस नेपाल निकिता चाण्डक मिस वर्ल्डको टप ४० मा पुगेकी छन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा जित हासिल गरेर चाण्डक टप ४० मा स्वतः छनौट भएकी हुन् ।
हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको टप ४० मा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् ।
मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह १ मा इटाली, दुई अर्जेन्टिना, तीन नेपाल, ४ फ्रान्स, ५ कोलोबिया, ६ बंगलादेश, ७, चीन र ८ मंगोलिया विजयी भएको मिस वर्ल्ड आयोजकले जानकारी दिएका छन् ।
मिस वर्ल्डमा प्रतियोगिताको फाइनल आगामी मङ्सिर २ मा चीनको सान्यामा हुदै छ ।
नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपालले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ प्रपोज र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । त्यस्तै मिस वर्ल्डको मल्टिमिडिया अवार्डको लागि भोटिङ खुला भइरहेको छ ।
मिस वर्ल्डको फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेको बताएकी छन् । मिस वर्ल्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरु सहभागी भएका छन् ।