साउदीद्वारा यमनको रक्षा मन्त्रालयमा हवाइ आक्रमण

खरीबोट
ad

साना (रासस/एएफपी) : साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ ।

उक्त सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको समाचारमा जनाइएको छ । उक्त कारबाहीमा परी तीनजना गैर सैनिकको ज्यान गएको छ । अरु क्षतिको बारेमा भने केही बताइएको छैन ।

हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले सो जानकारी दिएको छ । उक्त सञ्चारकाअनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर सो हमला गरेको थियो ।

एक स्थानीय बासी मोहम्मद अतिफले भने– रातिको समयमा सेनाले रक्षा मन्त्रालयको भवनलाई लक्षगरेर हमला गरेको थियो र त्यसका कारण मेरो घर समेत हल्लेको थियो ।

उनले निकै ठूलो आवाज आउनेगरी र शक्तिशाली हतियार रक्षा मन्त्रालयको भवनमा बर्साएको आफूले देखेको र आफू निकै डराएर बाहिर निस्किन पनि नसकेको उनले बताएका छन् ।

यमनी सुरक्षाकर्मीसँगको झडपमा ३५ हुथी लडाकूको मृत्यु

उता प्राप्त अर्काे एक समाचारमा सरकारी सुरक्षाकर्मीसँग शुक्रबार दिउसो भएको सशस्त्र झडपमा परी यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी सेनाले जनाएको छ ।

यमनी सेनाका एकजना कमाण्डरले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएअनुसार दक्षिणपश्चिममा रहेको ताइज प्रान्तमा भएको कारबाहीमा ३५ जनाको मृत्यु भएको र झडपमा १९ जना विद्रोही घाइते भएका छन् ।

झडपका क्रममा सरकारी सुरक्षाकर्मीले केही स्थानमा बिछ्र्याइएका शक्तिशाली विस्पोटक पदार्थलाई पनि निस्क्रिय पारेको जनाएको छ । त्यस्तै ठूलो मात्रामा बन्दोबस्तीका सामान तथा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाले आफ्नोतर्फ क्षति भएको वा नभएको सम्बन्धमा केही जनाएको छैन । तर स्थानीय स्वास्थ्यकर्मीले भने सरकारी सुरक्षाकर्मीतर्फ पनि केहीको मृत्यु भएको जनाएका छन् ।

सम्बन्धित समाचार

सोमालियामा आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

सोमालिया । शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्

अफगानिस्तानको चुनावी सभामा आक्रमण, १३ जनाको मृत्यु

काबुल, अफगानिस्तान।  अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् ।  तखार

एसिड आक्रमणका पीडित भन्छन् :  हामी डराई डराई कति दिन बाँच्ने सरकार ?

हेटौँडा। एसिड आक्रमणबाट शिकार भई बल्लतल्ल ज्यान जोगाउन सकेका पीडितहरु अझै डरत्रासमानै जीवन जीउन वाध्य भएको खुलासा भएको छ । न्युज क्लब नेपाल, मकवानपुरमा भएको अन्तरसंवाद कार्यक्रमा बोल्दै एसिड आक्रमणबाट

एसिड आक्रमणमा परेकी सम्झना दासको निधन

रौतहट। एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुर-६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा निधन भएको छ । सम्झनाको आइतबार राति ११ बजेतिर निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । तीजको दरखाने


z