इराक र इरानको भूकम्पमा ज्यान गुमाउनेको संख्या २ सय १८ पुग्यो

खरीबोट

तेहरान ।  इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय १८ पुगेको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पबाट इरानमा मात्र २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा ४ जनाको मृत्यु भएको छ । 

इरानको राष्ट्रिय राहत व्यवस्थापन संगठनका प्रवक्तालाई उदृत गर्दै रोयटर्सले भूकम्पबाट २५ सयभन्दा बढी घाइते भएको जनाएको छ । 

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।  

भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भूबैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।   

इरानमा यस अघि सन् २००३ को डिसेम्बर २२ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ऐतिहासिक शार बाममा ३१ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । 
 

सम्बन्धित समाचार

भूकम्प बिर्सिँदै बारपाक : ८५ प्रतिशत पुनर्निर्माण सकियो

बारपाक (गोरखा) । तीन वर्षअघिको विनाशकारी भूकम्पले थङथिलो पारेको बारपाकमा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशन विकले बारपाकमा

इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा

भूकम्पपछि 'पहिचान' गुमाउँदै बारपाक

गोरखा । भूकम्पले क्षतविक्षत बारपाक अहिले लगभग तंग्रिइसकेको छ । भत्केका संरचना उठिसकेका छन् । बन्द व्यवसाय सुचारु भएका छन् । घरसम्पत्तिको क्षतिले बगाएको बारपाकबासीको आँशु ओभाए पनि भूकम्पपछिको बारपाकले

लमजुङका भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

लमजुङ  । सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह


z