• २०८१ बैशाख १५ शनिबार

प्रदेश ३ को भौतिक पूर्वाधार विकासमन्त्रीमा फुयाँल नियुक्त, शपथग्रहण आजै

kharibot

फाइल तस्वीर

हेटौँडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आजे शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्य समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै