• २०८१ बैशाख २३ आइतबार

नेपाल बंगलादेश बैँकद्धारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण

kharibot

काठमाडौँ । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको समुद्धघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए ।

कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदा सूचि पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए । 

विश्व सम्पदा सूचि पशुपतिनाथ क्षेत्रमा बैंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानिको सामाजिक रुपमा उच्व मुल्याङकन रहेको बताए ।

साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको ए.टि.एम पनि उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरुलाई नयाँ खाताखोले रु एक सय बैकले बचत गरिदिने बताउदै बैंकका सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै