नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै काम गरिँदै

खरीबोट
ad

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा आजदेखि सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइएको छ । 

वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनका समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको हो । 

सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिएको छ । आज बिहान ११ बजेदेखि गाडी रोकेर भित्तो काट्ने काम थालिएको हो । 

स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताए । 

सडकको नारायणगढबाट १६ किमी ३०० मि, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी ३०० मि क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इ शिव खनालले बताए । 

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । इ खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मि हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उनले बताए । आगामी फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको बताइएको छ । 

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मि फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मि फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ । 

सम्बन्धित समाचार

नारायणगढ मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण एकतर्फी

चितवन। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।  निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः

नारायणगढ–मुग्लिन सडक ३४ घण्टापछि दुईतर्फी खुल्यो 

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३०

नारायणघाट-मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो 

काठमाडौँ । नारायणघाट-मुग्लिन सडक खण्डको पहिरोका कारण अवरुद्ध सडक करिब १८ घण्टापछि एकतर्फी  रुपमा  खुलेको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार चार किलोको पहिरो खसेको ठाँउमा साँझ ६:३० बजेबाट

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं।  पहिकोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति इच्छाकामना गाउँपालिका– ६ को कालिखोला, चारकिलो र जलविरेमा पहिरो गएपछि कुनै पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ ।  जिल्ला