राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता

खरीबोट
ad

अबुधाबी । राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भयो । 

सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए । नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उनले बताए । 

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट आफ्नो परिवारका साथै समाजलाई पनि फाइदा पुर्याएको उल्लेख गर्दै हिमालयका पानीको प्रयोग, पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको सचिव वैरागीले जानकारी दिए । 

युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गरेका थिए । यसअघि राष्ट्रपति भण्डारी क्राउन प्रिन्स कोर्टमा पुग्दा उनलाई युवराज अल नेह्यानले स्वागत गरेका थिए । 

छलफलमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित थिए । 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै

सबै प्रकारको आमसञ्चारमा नेपालीको पहुँच पुर्याउने

काठमाडौँ । सरकारले सबै प्रकारका आमसञ्चारका माध्यममा नेपालीको पहुँच पुर्याउने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आमसञ्चार माध्यमलाई

न्याय सम्पादन छरितो र निष्पक्ष बनाइने

काठमाडौँ । सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गरीन् । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक


z