• २०८१ जेठ ४ शुक्रबार

लहडले होईन, आवश्यकताले बनाउन लागेको हो द्रूतमार्ग र विमानस्थल : उपप्रधानमन्त्री पोखरेल

kharibot

बारा । द्रूतमार्गको काम समय मैं सम्पन्न हुने उपप्रधान एवम्ं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । बाराको निजगढ नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

फास्ट ट्रयाकमा पर्ने पुल र टनेलका लागि ग्लोबल टेण्डर आव्हान पश्चात द्रूतमार्गको प्रगति देखिने पुल र टनेलका लागि ग्लोबल टेण्डरको प्रक्रियामा रहेकाले टेण्डर पक्रिया पश्चात काम शुरु हुँने बताउँदै मन्त्री पोख्रेलले अब ठूला काम भनेको टनेल र पुल नैं भएको बताए ।

द्रूतमार्ग र दोश्रो अन्तराष्ट्रिय विमानस्थल एक आपसमा सम्बन्ध राख्ने हुँनाले विमानस्थल पनि बाराको निजगढमा नै बन्ने विश्वास व्यक्त गरे । प्राविधिक ढंङ्गबाट निजगढको विकल्प नदेखिएको हुँदा दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने भन्दै मन्त्री पोखरेलले सर्वोच्चको कारण काम नरोकिने बताए ।

उनले दू्रतमार्ग र विमानस्थलका कुराहरु प्रक्रियाबाट नैं छिनोफानो गर्नु पर्ने बताउँदै कानून सम्बत ढंङ्गबाट नैं छिनोफानो हुनु पर्ने बताए । एयरपोर्ट र बाटो बन्ने कुरा राष्ट्रिय आवश्यक्ता भएको बताउँदै मन्त्री भट्टराईले सो अवश्यक्ता पुरा गर्न जे गर्नु पर्छ त्यो काम गर्न हाम्रो सरकार प्रतिवद्ध रहेको उनले बिस्वास दिलाए ।

अन्तराष्ट्रिय विमानस्थल कुनै लहर र रहरमा बनाउँन खोजेको नभई आवश्यक्ताले बनाउँन खोजेको भन्दै मन्त्री पोखरेलले दू्रतमार्ग जति अपरिहार्य छ, बन्छ भने यसैसँग गाँसिएको कारणले समेत निजगढ विमानस्थल बन्छ त्यसमा तपाईहरु ढुक्क रहनुस् भन्दै मन्त्रि पोखरेलले आश्वस्त पारे ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर लिलादेबी खनालले स्वागत गरेकी थिईन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै