• २०८१ बैशाख १४ शुक्रबार

जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्छ : नेता थापा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताएका छन् । 

घरदैलोका क्रममा आज बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेसले जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न सबै असन्तुष्ट दललाई एकै ठाउँमा राखेर संविधान जारी गरेको बताए । 

उनले भने, ‘मुलुकको हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्व र संर्घषबाट मात्र सफल भएका हुन्, काँग्रसले जहिले पनि जोड्ने काम मात्र गर्छ, तोड्ने काम गर्दैन, देशमा शान्ति स्थायित्वका लागि काँग्रेसको जीत आवश्यक छ ।’

पूर्वस्वास्थ्यमन्त्री नेता थापाले हरेक जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सस्तो गुणस्तरीय औषधि, अस्पतालमा सजिलै पहुँच र सबै रोगको उपचार नेपालमै हुने व्यवस्था आफूले स्वास्थ्यमन्त्री हुँदा प्रयास थालेको बताए । 

उनले राजनीतिक दलका नेता बिरामी भए उपचारका लागि विदेश जाने तर जनता बिरामी भए सामान्य उपचार पनि पाउन नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै