• २०८३ बैशाख २७ आइतबार

मौसम परिवर्तनसँगै घाँटीमा समस्या : यस्ता छ घरेलु उपचार विधि

मौसम परिवर्तनसँगै घाँटीमा समस्या : यस्ता छ घरेलु उपचार विधि

प्रतिनिधि तस्बीर

मौसम अचानक परिवर्तन हुनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । मौसम परिवर्तनको कारण प्राय मानिसलाई गम्भीर रोग र संक्रमणले समात्ने गर्दछ । 

यसमा घाँटीको संक्रमण सामान्य हो । तर घाँटी खरो हुने वा दुखाई बढ्दै गयो भने त्यसलाई हल्का लिनुहुँदैन । यसको उपचारको लागी घरेलु उपाय अपनाउनु राम्रो हुन्छ ।

सामान्य रुपमा छाती पोलेको महसुस हुनु भनेको एसिड कहिलेकाँही भोइस बक्ससम्म पुग्ने गर्दछ । यसले घाँटी खरो हुने गर्दछ । भाइरल इन्फेक्शनले घाँटी खराब हुनु सामान्य हो । 

भाइरल इन्फेक्शनबाट खोकी लाग्ने, नाक चिलाउने, बालबालिकालाई झाडापखाला हुने तथा घाँटी बस्ने र खरो हुने गर्दछ ।

यदि टन्सिल संक्रमण भयो भने घाँटी दुख्नुको साथै खाना निल्न पनि अप्ठ्यारो हुने गर्दछ, यस्तो भएमा  आधा चम्चा नुन र आधा चम्चा बेसार मिलाएर दुई गिलास पानी राख्ने र दश मिनेटसम्म त्यसलाई उमाल्ने । पछि मनतातो बनाउने र छान्ने अनि कुल्ला गर्ने । यसरी दिनमा दुईपटक सम्म कुल्ला गर्यो भने घाँटीलाई आराम मिल्छ र टन्सिल निको हुन्छ ।

मौसम परिवर्तनले घाँटी सुन्निने समस्या हुनसक्छ । यस्तो भयो भने दुई गिलास पानीमा दुई चम्चा ज्वानो मिसाउने र दश मिनेट उमाल्ने । यसलाई मनतातो बनाउने र नुन मिसाएर बिहान र बेलुका कुल्ला गर्ने ।

फिटकरीलाई एउटा भाँडामा थोरै तातो बनाउने र पनेर धुलो बनाउने । आधा चम्चा फिटकरी एक गिलास तातो पानी मिसाएर कुल्ला गर्ने । एक  दिनमा  तीन-चार पटक यस्तो गर्दा घाँटी सुन्निएको, दुखेको निको हुन्छ। टन्सिलको दुखाइ पनि कम हुन्छ र मुखको छाला गएको पनि निको हुन्छ।

एक कप दूधमा एक चिम्टी अदुवाको धुलोसंगै एक चिम्टी बेसार मिसाएर उमाल्ने र यसको सेवनले घाँटीको समस्या भएकोमा आराम दिन्छ ।

यी सबै घरेलु उपाय सहि हुदा हुदै पनि थप स्वास्थ्य परिक्षणका लागि डाक्टरको सल्लाह लिनु नै उचित हुन्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै