• २०८१ जेठ ३ बिहीबार

सेमिफाइनल र फाइनल नखेली पीएसएल स्थगित

kharibot

काठमाडौँ । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग टी-२० प्रतियोगिता स्थगित भएको छ ।

समुह चरणका खेल सकिएर आजदेखि सेमिफाइनलका खेल हुनेक्रममा रहेका बेला कोरोनाको संक्रमणका कारण लिग स्थगित भएको छ ।

पाकिस्तानको क्रिकेट बोर्डले लिग अहिलेलाई स्थगित भएको र बाँकी खेलको तालिका पछि सार्वजनिक गरिने जानकारी दिएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि केहि विदेशी खेलाडीले अघिल्लो सातानै लिग छोडेर गएका थिए ।

समुह चरणबाट मुल्तान सुल्तान पेशावर जाल्मी, कराची किंग्स र लाहोर क्लान्दर्स सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिताको सेमिफाइनलका खेल आज र फाइनल १८ मार्चमा हुने तालिका रहेको थियो ।

पाकिस्तानमा अहिलेसम्म कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने १८४ जना संक्रमित भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै