• २०८१ जेठ ५ शनिबार

बोर्डद्वारा धितोपत्र दलाल व्यवसायीहरुलाई कोरोना बारे ५ बुंदे निर्देशन

kharibot

काठमाडौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु वीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल गरेको छ । 

छलफल पश्चात् नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति प्रतिको चासो तथा गाम्भिरता समेतलाई दृष्ट्रिगत गरी हाललाई धितोपत्रको दोस्रो बजार कारोवारमा संलग्न पक्षहरुलाई पाँच बुदे निर्देशन दिदैं उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले स्क्रिन एक्सिविसन रुम बन्द गर्न कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्न, कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाईजर तथा मास्कको प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्न, कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्न र नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सम्पन्न भएको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै