• २०८१ बैशाख २२ शनिबार

न्यूयोर्कमा चिडियाघरको बाघ पनि कोरोना संक्रमित !

kharibot

फाइल तस्बीर

काठमाडौँ । अमेरिकामा लाखौ मानिस कोरोनाबाट संक्रमित भएका बेला चिडियाघरमा रहेका जनावरमा पनि कोरोना संक्रमण देखिएको छ ।

बिबिसीका अनुसार अमेरिकाको न्युयोर्कस्थित ‘ब्रोंक्स जू’ मा रहेको चार बर्षिय मलायन टाइगरको कोरोना टेस्ट पोजेटिभ देखिएको छ ।

बोंक्स जूले नेशनल भेटनरी सर्भिस ल्याबरोटरी लोवामा गरिएको परिक्षणमा बाघको टेस्ट पोजेटिभ देखिएको बताएको छ ।

सो बाघ बाहेक अन्य केहि बाघमा समेत कोरोनाको लक्षण देखिएको चिडियाघरले जनाएको छ । त्यस्तै चिडियाघरमा रहेका विरालोमा समेत कोरोनाको आशंका गरिएको छ ।

अहिलेसम्म जनावरबाट मानिसमा कोरोना सरेको प्रमाण अमेरिकामा नदेखिएपनि मानिसबाट जनावरमा भने सरेको देखिएको छ । अहिले संक्रमित बाघलाई अलग्गै राखेर उपचार थालिएको चिडियाघरले बताएको छ । सो चिडियाघरलाई मार्च १६ देखि बन्द गरिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै