• २०८१ बैशाख २६ बुधबार

साल्ट ट्रेडिङ कर्पोरेशन सिंजा कार्यालय बन्द

kharibot

फाइल तस्वीर

सिँजा । जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंजा बन्द गराएको छ ।

गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो । जिप्रकाले वितरित नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको र जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पर्ने जनाई उक्त कार्यालयको गोदाममा रहेको नुन बिक्रीवितरण कार्य अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिएको थियो ।

इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिंजा –३ का रतनबहादुर शाही,  प्रेमप्रसाद उपाध्याय र सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनाका साथै भवन बाहिर रहेको ४८ बोरा नुन समेत बिहीबार बन्द गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै