काठमाडौँ । मन्त्रिपरिषदको आज बसेको बैठकले एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको दिने १५० मिलियन डलरको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संचारकर्मीलाई जानकारी दिए।