• २०८१ बैशाख २३ आइतबार

ऋषि कपुरको अन्त्यष्टीमा १५ जना मात्र सहभागी हुन अनुमति

kharibot

काठमाडौँ । आज विहान निधन भएका बलिवुड अभिनेता ऋषि कपुरको अन्त्येष्टि मुम्बईको मरिन लाइन्सको चंदनवादीमा हुने भएको छ ।

जारी लकडाउनका कारण अन्तिम संस्कारमा केवल १५ जनामा मात्र सहभगी हुने अनुमति प्रशासनले दिएको छ । कोरोना संक्रमणका कारण प्रहरीले बलिवुडका अन्य सेलिब्रेटीलाई अन्तिम संस्कारमा सहभागी हुने भने नदिने भएको छ ।

यसैबीच ऋषि कपुरकी छोरी रिदिमा कपुर भने नयाँ दिल्लीमा रहेकी छन् । उनी दिल्लीमा बस्ने हुनाले उनी आजै मुम्बई पुग्ने बताइएको छ । दिल्लीमा उनलाई विशेष पास उपलब्ध गराइएको भएपनि उनी सडक मार्गबाट मुम्बई जादै गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सन् १९५२ मा मुम्बईमा जन्मिएका ऋषि कपुरको जन्म फिल्मी परिवारमै भएको थियो । बलिवुडलाई शुरुवात गर्ने पृथ्वीराज कपुर परिवारमा जन्मिएका ऋषि राज कपुरका छोरा हुन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै