• २०८१ बैशाख २३ आइतबार

इलेक्ट्रिक शव दाहमा गरियो ऋषि कपुरको अन्त्यष्टी

kharibot

काठमाडौँ । बलिवुड अभिनेता ऋषि कपुरको अन्त्यष्टी गरिएको छ । अभिनेता कपुरको अन्त्येष्टि मुम्बईको मरिन लाइन्सको चंदनवादीमा केहि बेरअघि सम्पन्न भएको हो ।

कोरोनाबात अत्यन्त प्रभावित रहेको मुम्बईमा प्रशासनको कडाईका बीच केहि पारिवारिक र बलिवुडका नजिकका साथीहरु अन्त्यष्टीमा पुगेका थिए । प्रहरीले केवल १५ जनालाई मात्र अनुमति दिएपनि त्यो भन्दा केहि बढी उपस्थित भएको भारतीय मिडियाहरुले बताएका छन् ।

अन्त्यष्टीमा अभिषेक बच्चन, ऐश्वर्या राय, आलिया भट्ट, निर्देशक आयान मुखर्जी, सैफअली खान, करीना कपूर, अनिल अम्बानीलगायत उपस्थित थिए । ऋषि कपूरको अन्त्यष्टी इलेक्ट्रिक शव दाहमा गरिएको थियो । इलेक्ट्रिक शव दाहमा करिब आधा घन्टामा नै अन्त्यष्टीको प्रक्रिया सकिएको भारतीय मिडियाले बताएका छन् ।

कोरोनाको महामारीका कारण हाल दाउराबाट अन्त्यष्टी बन्द गरिएकाले इलेक्ट्रिक शव दाह केन्द्रमा अन्त्यष्टी गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।       

अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए । 

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै