• २०८१ बैशाख २३ आइतबार

यी अभिनेत्री जसले ऋषि कपुरसँग बलिवुडमा डेभ्यु गरे

kharibot

काठमाडौँ । बलिवुडका अभिनेता ऋषि कपुरको अचानक मृत्यु भएपछि पुरै बलिवुड र उनका फ्यानलाई गहिरो दुख परेको छ ।

विहिबार बिहान ८:४५ मा निधन भएका ऋषि कपुरले केवल ३ बर्षको उमेरदेखि नै फिल्ममा आउन थालेका थिए । पिता राजकपुरले निर्देशन गरेको फिल्म श्री ४२० को एक गीतमा ऋषि कपुर पहिलो पल्ट देखिएका थिए ।

उनको बलिवुडमा डेभ्यु फिल्म भने उनकै पिता राज कपुरले निर्देशन गरेको फिल्म मेरा नाम जोकर रहेको थियो । यो फिल्म सन १९७० मा रिलिज भएको थियो ।

ऋषि कपुरसँग कैयौं अभिनेत्रीहरुले बलिवुडमा डेभ्यु गरेका थिए । यस रिपोर्टमा ऋषि कपुरसँग डेभ्यु गरेका अभिनेत्रीहरुको चर्चा गर्दै छौं ।

सन १९७३ मा रिलिज भएको फिल्म बबीमा ऋषिको अपोजिटमा डिम्पल कपाडियाको डेभ्यु भएको थियो । डिम्पल त्यति बेला १६ बर्षकी मात्र थिइन् ।

त्यस्तै सन १९७७ मा आएको फिल्म हम किसी से कम नहीमा अभिनेत्री काजल किरणले डेभ्यु गरेकी थिइन् । त्यसैगरी सन १९७६ मा रिलिज भएको ऋषि कपुरको फिल्म बारुदमा शोमा आनन्दले डेभ्यु गरेकी थिइन् ।

यस फिल्ममा शोमाको सानो भूमिका भएपनि डेभ्यु यसै फिल्मबाट भएको थियो ।

सन १९७८ मा आएको फिल्म दो जासुसमा भावना भट्टले हिरोइनको रुपमा डेभ्यु गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री जया प्रदाले पनि हिन्दी सिनेमामा हिरोइनको रुपमा ऋषि कपुरसँग डेभ्यु गरेकी थिइन् । सन १९७९ मा रिलिज भएको फिल्म सरगममा जयाले काम गरेको थिइन् । फिल्म सुपर हिट भएको थियो । यसपछि यो जोडीले सिन्दुर,

घर घरकी कहानी, घराना, पराया घर र घर्ति पुत्र जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए ।

सन १९८६ मा आएको फिल्म नसिब अपना अपनामा राधिकाले हिन्दी फिल्ममा डेभ्यु गरेकी थिइन् । उनी तामिल फिल्मकी त्यति बेलाकी ठुली अभिनेत्री थिइन् ।

सन १९७६ मा आएको फिल्म कभी कभीमा नसीम नामकी अभिनेत्रीले डेभ्यु गरेकी थिइन् ।

२००७ मा बनेको फिल्म साम्भर सालसामा अभिनेत्री प्रेयाँका र जुलिया सर्वेटिजले डेभ्यु गरेका थिए ।

त्यस्तै सन १९७६ मा आएको फिल्म लैला मजनुमा अभिनेत्री रंजीताले ऋषि कपुरसँग डेभ्यु गरेकी थिइन् । त्यसपछि रंजीताले लगभग ४८ हिन्दी फिल्ममा काम गरेकी थिइन् ।

अभिनेत्री मिता वशिष्ठले सन १९८९ मा रिलिज भएको फिल्म चाँदनीमा ऋषि कपुरसँग डेभ्यु गरेकी थिइन् । त्यस्तै पाकिस्तानी अभिनेत्री जेबा बख्तियारले सन १९९१ मा ऋषि कपुरसँग फिल्म हिनामा डेभ्यु गरेकी थिइन् । त्यस्तै अभिनेत्री आश्विनी भावेले पनि हिना फिल्मबाट नै बलिवुडमा डेभ्यु गरेकी थिइन् ।

अभिनेत्री शीला शर्माले १९९६ मा आएको फिल्म दरारबाट डेभ्यु गरेकी थिइन् । सन २००३ मा आएको फिल्म कुछ तो है मा अहिलेकी टेलिभिजनकी चर्चित अभिनेत्री अनीता हसंनदानी, पहिला उनको नाम नताशा थियो, उनले यस फिल्मबाट डेभ्यु गरेकी थिइन् । यसमा पनि ऋषि कपुरको मुख्य भूमिका थियो ।

अभिनेत्री सोनमले १९८८ मा आएको ऋषि कपुरको फिल्म विजयबाट डेभ्यु गरेकी थिइन् ।

तामिल सिनेमाकी चर्चित अभिनेत्री गौतमीले ऋषि कपुरको फिल्म नकाबबाट सन १९८३ मा हिन्दी सिनेमामा डेभ्यु गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री विनिताले सन १९८८ मा जनम जनम फिल्ममा ऋषि कपुरसँग डेभ्यु गरेकी थिइन् ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै