• २०८१ बैशाख २३ आइतबार

अमिताभ बच्चनको खुलासा – 'म ऋषि कपुरलाई अस्पतालमा भेट्न कहिल्लै गईन'

kharibot

फाइल तस्बीर

काठमाडौँ । बलिवुड अभिनेता ऋषि कपुरको विहिबार निधन भएपछि बलिवुडका कैयौं कलाकारले आफ्नो भावना सामाजिक संजाल, मिडिया र विभिन्न ब्लगमा लेख्दै आएका छन् । यसैक्रममा ऋषि कपुरसँग निकै नजिक रहेका महानायक अमिताभ बच्चनले पनि ब्लग मार्फत आफ्ना भावना सार्वजनिक गरेका छन् । अमिताभले ऋषि कपुरको निधन भएको खबर सामाजिक संजालबाट सार्वजनिक गरेका थिए ।

अमिताभले लेखेका छन् – एक पटक राज कपुरले मलाई घरमा बोलाउनु भएको थियो । त्यति बेला मैले एक युवा, उत्साह र सैतानीले भरिपूर्ण चिंटु (ऋषि कपुरको बोलाउने नाम) लाई देखेको थिए । मैले उनलाई धेरै जसो आरके स्टुडियोमा देखेको थिए, जँहा उनले बबी फिल्मको तयारी गरिरहेका थिए, उनी त्यति बेला एक यस्ता युवा कलाकार थिए, जो सबै कुरा जान्न चाहन्थे, सिक्न चाहन्थे ।'

अमिताभले अगाडी लेखेका छन् –'उनी सधै आत्मविश्वासका साथ अघि बढ्थे । उनको चालमा मलाई कैयौं पटक पृथ्वीराजजी को याद दिलाउथ्यो । उनका शुरुका फिल्ममा पनि मैले त्यो याद गरेको छु । हिड्ने अन्दाज, यो अन्य कसैले गर्न सक्दैन ।'

अमिताभले अगाडी लेखेका छन् –'मैले ऋषि कपुरसँग कैयौं फिल्ममा काम गरे । जब उनी आफ्नो लाइन बोल्थे, त्यति बेला यस्तो लाग्थ्यो उनको अन्य विकल्प नै छैन । उनी महान रहेकोमा कुनै शंका नै रहेन । बलिवुडमा गीतको राम्रो लिप सिंक गर्नसक्ने अरु कुनै कलाकार नै छैन ।'

अमिताभले उनलाई याद गर्दै लेखेका छन् – 'केबल फिल्मको सेटमा मात्र होइन उनी मुश्किल समयमा पनि हास्ने र हसाउने मौका खोजिरहेका हुन्थे । उनको उपचारको क्रममा पनि जति कठिनाई भएपनि उनले सधै भन्थे छिटै भेट हुनेछ, यो त केवल रुटिन चेकअप हो ।'

साथै अमिताभले आफु ऋषि कपुरलाई अस्पतालमा भेट्न कहिल्लै नगएको खुलासा गरेका छन् । उनले जीवनको हरेक पललाई आनन्द लिएर बाच्ने मान्छेलाई अस्पतालमा उनलाई दुखि देख्न नगएको बताएका छन् । उनको मुस्कुराएको चेहेरामा उदासी हेर्न आफुले नसक्ने भएकाले अस्पताल नगएको बताएका छन् । अमिताभले ऋषि कपुरले हामीलाई छोडेर गएको भएपनि उनको चेहेरामा मुस्कान अवश्य होला भनेका छन् ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै