• २०८१ जेठ १ मंगलबार

विषालु सर्पको टोकाइबाट एक महिलाको निधन

kharibot

लुम्बिनी । विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ ।

सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राजनीतिक गतिविधिमा क्रियाशील थारुको योगदान उल्लेखनीय रहेको नेकपा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक हितराज पन्थीले बताए ।

उनको अन्तिम दाहसंस्कार आजै भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै