• २०८१ बैशाख २२ शनिबार

फेसबुकको म्यासेन्जर रुम अब इन्स्टाग्राम र ह्वाट्सएपमा पनि

kharibot

काठमाडौँ । अहिले लकडाउनका कारण विश्वभर भिडियो कलिंगको प्रयोग ह्वात्तै बढेको छ ।

महत्वपूर्ण मिटिंगदेखि विद्यालय-क्याम्पसका कक्षाहरुसमेत भिडियो कन्फेरेन्सबाट भइरहेका छन् ।

भिडियो कन्फेरेन्स एप जूमको लोकप्रियतापछि गुगल फेसबुकपनि भिडियो कन्फेरेन्समा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

गुगलले गुगल मीटलाई आम प्रयोगकर्ताका लागि नि:शुल्क गर्दै प्रयोगकर्तालाई आफ्नोतर्फ आकर्षित गर्ने प्रयास गरेको छ भने फेसबुकले समेत म्यासेन्जर रुम बनाएर एक पटकमा ५० जनासम्मले भिडियो कन्फेरेन्स गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच फेसबुकले म्यासेन्जर रुमको सपोर्ट आफ्ना अन्य दुई लोकप्रिय सामाजिक संजाल ह्वाट्स एप र इन्स्टाग्राममा समेत दिने भएको छ ।

नयाँ अपडेट आउन साथ अब इन्स्टाग्राम र ह्वाट्स एपबाट क्लिक गर्नासाथ म्यासेन्जर रुम खुल्ने भएको छ । यसमा एक पटकमा ५० जनासम्मले भिडियोमा कुरा गर्नसक्ने र  मिटिंग शुरु भएपछि लक गर्न मिल्ने र अन्यलाई मिटिंग ज्वाइन गर्न नसक्ने बनाउन मिल्ने इन्स्टाग्रामले जानकारी दिएको छ ।

इन्स्टाग्राममा डाइरेक्ट म्यासेजमा गएर भिडियो च्याटको आइकनमा क्लिक गर्ना साथ रुम सिर्जना गर्न मिल्ने र अन्यलाई इन्भाइट गर्न मिल्ने भएको छ । 

त्यस्तै ह्वाट्स एपमा पनि म्यासेन्जर रुमको सपोर्ट छिटै घोषणा हुने बताइएको छ ।

तर यसका लागि प्रयोगकर्ताको फोनमा या डिभाइसमा म्यासेन्जर एप हुन भने अनिवार्य रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै