• २०८१ बैशाख २३ आइतबार

किन दिए सोनु निगमले टी-सिरिजका मालिक भुषण कुमारलाई चुनौती ?

kharibot

काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिवुडमा नातावादको बहस छेडिएको छ ।

अहिले बलिवुडको फिल्म क्षेत्रमा हुने सिण्डिकेट र नातावाद कृपावाद बारे चर्को बहस भइरहेको छ । केहि निर्माता निर्देशक र फिल्म कम्पनिले कसरी कलाकारलाई नियन्त्रित गर्छन भन्ने बारेमा एकपछि अर्को खुलासा भइरहेको छ ।

यसैबीच बलिवुडका चर्चित गायक सोनु निगमले बलिवुडको म्युजिक क्षेत्रमा भइरहेको सिण्डिकेट र विकृति बारे कैयौं खुलासा गरेका छन् ।

सोनु निगमले इन्स्टाग्राममा एकपछि अर्को भिडियो सार्वजनिक गर्दै एक पछि अर्को खुलासा गरेका छन् । गायक सोनुले म्युजिक जाइन्ट टी-सिरिजका मालिक भुषण कुमारलाई चुनौती दिएका छन् । मिडियामा अनेकौं समाचार प्रकाशित गरेर आफुविरुद्ध प्रोपोगान्डा गरिरहेको बताउदै सोनुले भुषण कुमारलाई एक्स्पोज गर्ने चुनौती दिएका छन् । सोनुले केहि बलिवुडकै हस्तीहरुलाई आफ्नो बारेमा मिडियामा अन्तर्वार्ता दिन भुषण कुमारले लगाएको आरोप लगाएका छन् । 

आफ्नो भिडियोमा एक महिलाको मरीना कुँवरको नाम लिदै आफुसंग मरीनाको भिडियो रहेको र आफुसंग निहु खोजेमा युट्युबमा सो भिडियो सार्वजनिक गर्ने धम्की दिएका छन् । मरीना कुँवर एक मोडल हुन् जो डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई एक्स्पोज गरेकी थिइन् ।

सोनुले अहिले संगीत क्षेत्रमा नयाँ प्रतिभालाई निकै गाह्रो भएको र यसलाई एक दुई म्युजिक कम्पनिले नियन्त्रण गरेको आरोप लगाएका छन् ।

उनले संगीतकार, फिल्म निर्माता, निर्देशकले नयाँ प्रतिभा लिन चाहेपनि म्युजिक कम्पनिले नयाँ प्रतिभालाई सजिलै अवसर नदिने आरोप लगाएका छन् ।

सुशान्तको आत्महत्यापछि बलिवुडमा नातावादबाट पिडित भएका र यसको जालोमा फसेकाहरुले सामाजिक संजालमा आफ्ना कुरा राख्दै आफुले भोगेका कुरा सार्वजनिक गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै