• २०८१ बैशाख १४ शुक्रबार

तनहुँ जिल्लामा ज्योति विकास बैंकको दोस्रो शाखा स्थापना

kharibot

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा तनहूँ जिल्लाको  म्याग्दे गाँउपालिका ४, थर्पू बजारमा नयाँ शाखा स्थापना गरेको छ । बुधबार एक कार्यक्रम गरेर कार्यालयको औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

म्याग्दे गाँउपालिकामा पहिलो बैंकका रुपमा ज्योति विकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि म्याग्दे गाँउपालिका प्रमुख माया देवी राना आले तथा ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पवित्र स्थल देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय रहेका छन् । गत २ हप्ताभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामीणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै