काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) सहित चार जनालाई घुस सहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित सव-इन्जिनियर विरेन्द्र चन्द, सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इन्जिनियर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरेको अख्तियारले जनाएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने घुस लिएको उजुरीका आधारमा अख्तियारले पक्राउ गरेको जनाएको छ ।