विश्वकप फुटबलको ड्र आज मस्कोमा हुदै, यसरी हुन्छ ड्र 

खरीबोट
ad

काठमाडौँ । आगामी वर्ष रसियामा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) साँझ मस्कोमा सार्वजनिक हुँदैछ । 

नेपाली समय अनुसार आज साँझ ८ बजे सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१औँ विश्वकपको ड्र सार्वजनिक हुँदैछ ।

विश्वकप फुटबलमा सहभागी ३२ टिमको टुंगो लागेको छ । यस विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क छनौट भएका छन् ।

त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया र पेरु छनौट भएका छन् । एशियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया छानिएका छन् । त्यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा विश्वकपमा छनौट भएका छन् ।

अफ्रीकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को र ट्युनिसिया छनौट भएका छन् ।

कसरी हुन्छ विश्वकपको ड्र ?

फिफाका अनुसार ड्रमा ३२ टिमलाई ८ समुहमा विभाजन गरिने छ ।

फिफाको हालको वरियता अनुसार शिर्ष वरियताका ७ टिम र आयोजक रसियालाई एउटा पटमा राखिने छ । त्यसपछिका वरियताका ८ टिमलाई अर्को पटमा राखिने छ । यसै गरी ३२ टिमलाई ४ पटमा विभाजन गरिने छ । यसरी हरेक समुहमा चार टिम छानिने छ । रसिया आयोजक भएको हिसाबले समुह ए मा रहने फिफाले जनाएको छ । त्यस्तै हालको वरियता अनुसार आयोजक रसियासहित जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्सलाई एक पटमा राखिने भएको छ । यसबाट शिर्ष वरियताका यी टिमहरु एउटा समुहमा नपर्ने निश्चित भएको छ । 

हरेक समुहका टिमहरु एक अर्कासँग खेले पछि शिर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ ।

कहिले हुदै छ विश्वकप फुटबल ?

रसियामा हुने फिफा विश्वकप आगामी जुन १४ विहिबार देखि सुरु हुने छ । आयोजक रसियाले पहिलो खेल खेल्ने छ । विश्वकपको फाइनल खेल जुलाई १५ आइतबार मस्कोमा हुने छ । 

सम्बन्धित समाचार

टि-२० विश्वकपको छनौट प्रतियोगिता खेल्न १८ सदस्यीय प्रारम्भिक टिम छनौट, को को परे ?

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको पूर्वी एशिया उप-क्षेत्रिय छनौट प्रतियोगिता खेल्न १८ सदस्यीय प्रारम्भिक टिम छनौट गरिएको छ।  अक्टोबर ३ देखि १२ सम्म हुने सो प्रतियोगितालागि छानिएका

विश्वकप विजेता फ्रान्सका कप्तान लोरिसलाई जेल सजाय !

लण्डन। एएफपी विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् ।  लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल

विश्वकप फाइनलिष्ट क्रोसियाको स्पेनसँग लज्जास्पद हार 

काठमाडौँ।  युइएफ़ए नेशनल लिगमा विश्वकपको फाइनलिष्ट क्रोसिया स्पेनसँग लाजज्स्पद हार  बेहोरेको छ।  गएराती भएको खेलमा स्पेनले क्रोसियालाई ६-०    गोल अन्तरले पराजित गरेको छ।  स्पेनको जितमा साउल निगुएज, मार्को असेन्सियो, रोड्रीगो,

विश्वकप विजेता फ्रान्सद्वारा नेदरल्यान्ड्स पराजित, एम्बाप्पे र जिराउडले गरे गोल  

काठमाडौँ। युइएफ़ए नेशनल लिगमा विश्वकप विजेता फ्रान्सले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। गएराती भएको खेलमा फ्रान्सले नेदरल्यांड्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो।  फ्रान्सको जितमा किलियन एम्बप्पे र ओलिभर जिराउडले एक एक