• २०८१ बैशाख १४ शुक्रबार

नेपाली बजारमा पनि आयो आइफोन-१०, कति पर्छ मुल्य ?

kharibot

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्दै छ ।

नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६ जीबीमा हुने एप्पल कम्पनीको दाबी छ ।

सिल्भर र स्प्रे ग्रे कलरमा आइफोन १० उपलब्ध हुनेछन् । फरक फरक विशेषताका उक्त फोनहरुको भ्याटसहित मूल्य ६४ जीबीको १ लाख ३८ हजार तथा २५६ जीबीको मूल्य १ लाख ५९ हजार पर्ने एप्पल कम्पनीले बताएको छ ।

ग्राहकले किनेको आइफोन सक्कली हो या होइन भन्ने पत्ता लगाउनका लागि एप्पलको वेवसाइटबाट पत्ता लगाउन सकिने एप्पल कम्पनीले बताएको छ । 

एप्पल कम्पनीको वेवसाइटमा ग्राहकले आफूले किनेको आइफोनको सिरियल नम्बरबाट आइफोन सक्कली हो कि होइन परीक्षण गर्न सकिने बताएको छ ।

अनाधिकृत रुपमा आइफोनहरु नेपालमा आउने गरेका कारण परीक्षण प्रणालीको विकास गरिएको कम्पनीले बताएको छ ।

गैर कानुनी रुपमा आइफोनहरु नेपाली बजारमा आउने गरेका र त्यसले विभिन्न समस्याहरु आउने गरेका कारण परीक्षण प्रणालीको विकासको गरिएको एप्पलको आधिकारिक कम्पनीले बताएको छ । 

आइफोन १० मा उपभोक्ताले आफ्नो फेसलाई नै पासवोर्डको रुपमा प्रयोग गर्न सक्दछन । मोबाइलमा फेस रिड गर्न सक्ने फिचर राखिएको छ जसले अनुहारलाई चिनेर फोन अनलक हुने फिचर राखिएको छ । आइफोन १० मा होम बटन हुने छैन । आइफोन १० मा एनिमेटेड इमोजीको प्रयोग गरिएको छ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । ब्याट्री क्षमता पनि आइफों ७ मा भन्दा दुई घण्टा बढी रहेको कम्पनीको दाबि छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै