• २०८१ जेठ ५ शनिबार

शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

kharibot

प्रतिनिधि तस्वीर

ब्राजिल । नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । 

त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ । 

ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । 

अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ । 

विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् ।

दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारिरीक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरुको पनि भनाई छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै