काठमाडौं । काठमाडौँको सीतापाइलामा एक युवतीमाथि तेजावले आक्रमण गरिएको छ ।
बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि एक युवकले तेजाव हानेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
सामान किन्न बाहिर निस्किएको अवस्थामा उनको अनुहारमा तेजाव हानिएको बताइएको छ । तेजावले अनुहार जलेको अवस्थामा उनलाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।
प्रहरीले तेजाव हान्ने युवकको खोजी गरिरहेको बताएको छ ।