काठमाडौँ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए ।
संघमा विवाद नमिलेपछि केसी अदालत गएका हुन् । उनले आफूविरुद्ध लगाइएको आरोप निराधार र मनगढन्ते भएको दाबी गर्दै आएका छन् ।
अभिनेत्री साम्राज्ञीले फिल्म ड्रिम्समा आफुलाई विभेद गरेको र केसीले फिल्ममा काम गर्ने बेलामा र जापानमा अवार्ड कार्यक्रमका क्रममा पनि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।