• २०८१ बैशाख २६ बुधबार

ब्लड क्यान्सरसँग लडिरहेका अर्घाखाँचीका ९ वर्षीय बालकलाई सहयोगको अपिल

kharibot

कान्ति बाल अस्पतालमा उपचारत बालक विष्णुहरि पोखरेल ।

काठमाडौँ । अर्घाखाँची पाणिनी गाउँपालिका वाड नं  १ घर भएका नारायण प्रसाद पोखरल र गीता पोखरेलका नाबालक छोरा बर्ष ९ का बिष्णुहरि पोखरेल ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

हाल काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारत पोखरेलको उपाचा खर्चका लागि अपिल गरिएको छ । उपचार खर्च निकै महङ्गो भएका कारण  आफ्नो आर्थिक अवस्थाले उपचार सम्भव नभएकाले बालकका अभिभावकले सबैसँग सहयोगको अपिल गरेका छन् । 

डाक्टरहरुले अझै पनि अस्पतालमै ६-७ महिना बस्नुपर्ने भने पछि परिवार थप चिन्ता र तनावमा रहेका छन् । देश र विदेशबाट यो कठिन परिस्थितिमा जसले जे जति आर्थिक सहयोग गरेपनि ठूलो सहयोग हुने उनका परिवारले बताएको छ ।

९ बर्षिय बालक विष्णुहरिलाई सहयोग गर्न इच्छुकले निम्न बैंक तथा इ-सेवामार्फत गर्न सकिने परिवारले जानकारी दिएको छ ।  तपाइँ हाम्रो सानो सहयोगले बाबुले नयाँ जीवन पाउने हुनाले सबैसँग सक्दो सहयोगको अपिल गरिएको छ । 

सहयोगका लागि खाता विवरण :

१) उनकी दिदी बिनिता पोखरेलको नाममा कपिलवस्तुको जितपुरमा रहेको शाइन रेसुंगा विकास बैंकको खाता ०१६००७०००९५३०८०००००१ ।

२) विष्णुहरि पोखरेल, ग्लोबल आइएमई बैंक, जोरपाटी शाखा : D२०७०१०००५७६७ ।

३) इ-सेवा : ९८४७३८००७७ ।

सहयोगको लागि प्रत्यक्ष सम्पर्क गर्नुपरेमा निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने परिवारले बताएको छ । ९८६०२०६४०९ र ९८०८८९८६६९ (विनिता पोखरेल) ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै