• २०८१ जेठ ८ मंगलबार

दुई स्वास्थ्यकर्मी संक्रमित भएपछि कोशी अस्पतालको ओपिडी बन्द

kharibot

विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि विहिबारदेखि बहिरङ (ओपिडी) सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको हो ।

यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो । अस्पतालबाट दैनिक ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र  फिभर क्लिनिक पुनः सञ्चालन रहेको डा दासले जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै