बागलुङमा ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने

खरीबोट

बागलुङ । यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्यचौकीका भवन बन्ने भएका हुन् ।

भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ । 

स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत निर्माण हुनेछन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । 

जिल्लाका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरेसँगै सोहीअनुसार पूर्वाधार निर्माणको कामले तीव्रता पाएको हो । “सबै स्वास्थ्यचौकीका नयाँ भवन बन्छन्, कतिपय निर्माणको अन्तिम चरणमा छन्”, प्रशासक तिवारीले भने । उनका अनुसार केही ठाउँमा जग्गा व्यवस्थापनमा भएको ढिलाइले निर्माण प्रभावित भएको छ । हटिया, सिगाना, लेखानी र बोङ्गादोभान स्वास्थ्यचौकीको भवन निर्माणको अन्तिम चरणमा पुगेको भवन डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै अर्जेवा, हिल, बोवाङ, पाण्डवखानी, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक स्वास्थ्यचौकीको भवन निर्माणाधीन छ । ताराखोला, निसी, राजकुत र जलजला स्वास्थ्यचौकीको बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको जनाइएको छ । अमरभूमि, तित्याङ, छिस्ती, पाला र सुखौरामा सबै प्रक्रिया पूरा भई निर्माण शुरु हुने क्रममा रहेको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले माग र आवश्यकतानुसार प्राथमिकतामा परेका स्वास्थ्य संस्थाका भवन बनाउन अनुमति दिने गरेको छ । पुराना र अस्थायी प्रकृतिका संरचनाबाट चलेका स्वास्थ्य संस्था आधुनिक र सुविधा सम्पन्न भवनबाट चल्ने वातावरण बन्दै गएको छ । 

भौतिक पूर्वाधारसँगै सेवाको गुणस्तर बढाउने काम पनि सँगसँगै गरिएको जनस्वास्थ्य प्रशासक तिवारीले बताए । स्वास्थ्य संस्थाका भवनसँगै स्वास्थ्यकर्मीका लागि आवास गृह निर्माणको प्रक्रिया पनि अघि बढेको छ । कुश्मिसेरा र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारका लागि आवास गृह बन्ने भएको छ । 
 

सम्बन्धित समाचार

बागलुङमा सुपथ मूल्य पसल सञ्चालन 

बागलुङ । साल्ट ट्रेड्रिङ्ग कर्पोरेसन लिमिटेड डिपो कार्यालय बागलुङले चाडपर्वका अवसरमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।  तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्ष्य गरी डिपोले चिनी तथा नुनको सुपथ

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन प्रचण्ड अस्पतालमा 

काठमाडौँ। त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुदै, आज डिस्चार्ज हुने सम्भावना 

काठमाडौँ। छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।  छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक

प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा


z