• २०८१ बैशाख २४ सोमबार

मलेशियामा कोरोना महामारीले मन्दी, जीडीपीमा गिरावट

kharibot

प्रतीनिधि तस्वीर

काठमाडौँ । कोरोना महामारीको कारण मलेशियाको अर्थव्यवस्था आर्थिक संकटको सामना गरिरहेको छ ।

महामारीको कारण व्यापारिक गतिविधि ठप्प भएको छ र वर्तमान अवस्थामा केन्द्रिय बैंकलाई यस वर्षको जीडीपीको पुर्वानुमानमा कटौती गर्नुपरेको छ ।

मलेशियाको केन्द्रिय बैंक शुक्रवार, पछिल्लो वर्षको समान अवधिको तुलनामा अप्रिल-जुनमा सकल घरेलु उत्पानदनमा १७.१ प्रतिशतको कमि आएको छ ।

यो पछिल्लो २० वर्षको सबैभन्दा खराब मन्दी हो ।

मलेशियामा कोरोना वायरसबाट अहिले सम्म नौ हजार मानिस संक्रमित भएका छन् ।

संक्रमण रोक्नको लागि सरकारले दोश्रो त्रैमासिकदेखी मानिसको यात्रा र व्यापारमा रोक लगाएको छ ।जसको कारण अर्थव्यवस्थामा मन्दीको अवस्था शृजना भएको छ ।

सन् १९९८ को एशियाली वित्तीय संकट पछिको यसलाई मलेशियामा सबैभन्दा खराब आर्थिक मन्दी बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै