काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एक अर्काका प्रतिद्वंदी मानिन्छन् । मैदानमा भन्दा मैदान बाहिर यी दुई खेलाडीको प्रतिद्वान्दिताको चर्चा बढी हुने गर्दछ ।
यसैबीच रोनाल्डोका छोरा रोनाल्डो जुनियरले आफ्नो आइडल मेसी रहेको सार्वजनिक गरेर चर्चा बटुलेका छन् ।
सामाजिक सञ्जालमा रोनाल्डो जुनियरले @mrahunter नामको इन्स्टाग्राम एकाउन्टबाट 'थ्यांक यु माई आइडल लियो मेसी’ भन्ने सन्देस पोष्ट गरेका थिए । सो पोस्टमा केहि समय अघि फिफाको उत्कृष्ट खेलाडी अवार्डमा आफ्ना पिता रोनाल्डोसँगै मेसीलाई भेटेको तस्विर पोस्ट गरेका थिए ।
तर केहि समयमा नै सो पोस्ट डिलिट गरिएको छ । रोनाल्डो जुनियरले आफ्नो नयाँ इन्स्टाग्राम एकाउन्ट खोलेर सो पोस्ट गरेको भनिए पनि सो इन्स्टाग्राम एकाउन्टको अनुसन्धान गर्दा सो एकाउन्ट फेक रहेको खुलासा भएको छ । इन्टनेटमा गरिएको मजाकका रुपमा लिइएको यस घटनाले विश्व फुटबल प्रेमीलाई तरंगित बनाएको छ ।
जे होस् फिफा अवार्डमा रोनाल्डोले मेसीसँगको भेट देखाएको आत्मियताले उनि मेसीको ठुलो फ्यान भएको संकेत अवस्य गर्दछ ।