• २०८१ बैशाख १५ शनिबार

सिपिएलको फाइनलमा ट्रीनबागो र सेन्ट लुसिया भिड्ने

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा  ट्रीनबगो नाइट राइडर्स र सेन्ट लुसिया जोउक्स पुगेका छन् ।

गएराती सम्पन्न खेलमा सेन्ट लुसियाले गुयाना अमेजन वारियर्सलाई १० विकेटले पराजित गरेसँगै अब सेन्ट लुसियाले उपाधिका लागि ट्रीनबागोसँग भिड्ने तय भएको हो ।

गुयानाको पुरै टिम १३.४ ओभरमा केवल ५५ रनमा समेटिएपछि सेन्ट लुसियाले सो खेल ४.३ ओभरमा बिना कुनै विकेट गुमाएर जितेको थियो ।

यसअघि गएराती नै ट्रीनबागोले जमैका तल्लावाहलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

ट्रीनबागोले यसअघि तीन पटक २०१५, २०१७ र २०१८ मा सिपिएलको उपाधि जितेको छ भने सेन्ट लुसिया पहिलो पटक सिपिएलको फाइनलमा पुगेको छ ।

अब फाइनल खेल विहिबार राति ७:४५ मा खेलिदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै