• २०८१ बैशाख २२ शनिबार

वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना

kharibot

तस्वीर : रासस

दमौली । तनहुँको दमौलीस्थित मुख्य चोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ ।

वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो ।

वायुमा हुने प्रदूषणको अवस्था देखाउन तथा यसबाट बच्न र बचाउनका लागि सावधानी अपनाउन डिस्प्ले बोर्डले सहयोग गर्नेछ ।

बोर्ड जडानका लागि व्यास नगरपालिकाले सवमिटरमार्फत विद्युत् लाइन जडान गरिदिएको छ ।

डिस्प्ले बोर्डमा जडान भएको सवमिटरमा उठेको विद्युत्को अङ्क (खपत युनिट) अनुसार विद्युत् प्राधिकरणबाट निर्धारण भएको दररेटबमोजिम विभागले व्यास नगरपालिकालाई उपलब्ध गराउनेछ ।

उक्त डिस्प्ले बोर्डमा देशका मुख्यमुख्य शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देख्न सकिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिएका छन् ।

उक्त डिस्प्ले बोर्डमा धनगढी, धनकुटा, नेपालगञ्ज, विराटनगर, भक्तपुर, दाङ, हेटौंडा, भरतपुर, सौराहा, धुलिखेत, रत्नपार्क, महेन्द्रनगरलगायतका शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देखाउनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै