• २०८१ बैशाख २८ शुक्रबार

एन्जल डी मारियालाई चार खेलको प्रतिबन्ध

kharibot

काठमाडौँ । पिएसजीका अर्जेन्टिनी फुटबलर एन्जल डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको छ ।

सेप्टेम्बर १४ मा मार्सेलीविरुद्धको खेलमा भएको विवादमा पाँच खेलाडीले रातो कार्ड पाएका थिए । तर मारियालाई भने अहिले आएर फ्रेन्च फुटबल फेडेरेसनले चार खेलको प्रतिबन्ध लगाएको हो ।

मारियाले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजमाथि थुकेको आरोप लागेको थियो । उनलाई त्यति बेला रेफ्रीले कुनै सजाय नदिए पनि मार्सेलीका म्यानेजरले मारियाले आफ्ना खेलाडीमाथि थुकेको आरोप लगाएका थिए ।

फ्रेन्च फुटबल फेडेरेसनले सो विषयमा अनुसन्धान गरेपछि मारियालाई दोषी ठहर गर्दै फ्रेन्च लिग वानका चार खेलमा प्रतिबन्ध लगाएको हो ।

१-० ले पिएसजी हारेको सो खेलमा खेलाडीहरुबीच झगडा हुदा पिएसजीका नेइमार, लेभं कुर्जावा र लीनड्रो पारेडेज तथा मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेडेटोले रातो कार्ड पाएका थिए ।

मारियाको प्रतिबन्ध आगामी मंगलबारदेखि लागु हुने बताइएको छ । अब मारिया पिएसजीको रेइम्सविरुद्धको खेल खेल्न पाउने छन् भने त्यसपछिका चार खेल गुमाउदै उनी नोभेम्बर ८ मा पात्र पिएसजीका लागि खेल्न पाउने भएका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै