• २०८१ बैशाख १५ शनिबार

दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि उपस्थित

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय पुगेकी छन् ।

ड्रग प्रकरणमा आफ्नी म्यानेजरसँगको ह्वाट्सएप च्याट बाहिरिएपछि दीपिकालाई एनसीबीले बयानका लागि बोलाएको हो । उनकी पूर्व म्यानेजरलाई एनसीबीले शुक्रबार बयान लिएको छ । 

दीपिका हाल गोवामा फिल्म सुटिंग गरिरहेका बेला एनसीबीले बयानका लागि बोलाएपछि मुम्बई आएर बयानका लागि उपस्थित भएकी हुन् ।

दीपिका सँगै ड्रग प्रकरणमा अन्य अभिनेत्री सारा अली खान, श्रद्धा कपुरपनि अजि एनसीबीमा बयानका लागि उपस्थित हुदै छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि छानबिनको क्रममा ड्रग कनेक्सनको खुलासा भएपछि अहिले बलिवुडमा ड्रगको कनेक्सनमा एजेन्सीहरु छानबिनमा जुटेका छन् ।

अभिनेत्री रिया चक्रवर्तीसहित सेलिब्रेटीहरुका पूर्व म्यानेजरहरुको गिरफ्तारी र उनीहरुको च्याट बाहिरिएपछि एक पछि अर्को सेलिब्रेटीको नाम खुलासा भइरहेको छ ।

यस प्रकरणमा अहिलेसम्म विभिन्न ड्रग सप्लायर्ससहित २० जनालाई हिरासतमा लिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय