गुल्मी । गुल्मी १ बाट प्रतिनिधि सभामा एमाले सचिव प्रदीप ज्ञवाली सात हजार बढी मतले विजयी भएका छन् ।
ज्ञवालीले कांग्रेसका नेता चन्द्र भण्डारीलाई ७५५८ मत अन्तरले पराजित गरेका छन् ।
ज्ञवालीले ३७८१४ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका चन्द्र भण्डारीले ३०२५६ मत पाएका छन् ।
यसअघि २०७० सालको संबिधान सभा निर्वाचनमा ज्ञवाली भण्डारीसँग पराजित भएका थिए ।