• २०८१ बैशाख १५ शनिबार

हुवावे प्रतिबन्धपछि सामसुङको स्मार्टफोन बिक्रीमा वृद्धि

kharibot

फाइल तस्वीर

हङकङ । सामसुङ कम्पनीले आफ्नो स्मार्टफोनको बिक्रि पछिल्लो त्रैमासिक भन्दा ६० प्रतिशतले वृद्धि भएको बताएको छ ।

यदि सामसुङको स्मार्टफोन व्यापार यस्तै कायम भए, यसले प्रतिद्वन्द्वी चिनिया कम्पनी हुवावेलाई पछि पार्ने र पुन विश्वको सर्वाधिक स्मार्टफोन बिक्रि गर्ने कम्पनी बन्नेछ ।

दक्षिण कोरियाली प्रविधि कम्पनीले पछिल्लो जुलाई-सेप्टेम्बर त्रैमासिकमा १२.३ मिलियन नाफा कमाएको बताएको छ । 

यो पछिल्लो वर्षको सोहि अवधिको व्यापार भन्दा ५८ प्रतिशत बढी हो ।

तथांक उपलब्ध गराउने रेफ इन्फिनेटिभको अनुसार सामसुङले अनुमान गरेको भन्दा २६ प्रतिशत बढी नाफा आर्जन गरेको छ ।

तेश्रो त्रैमासिकमा कम्पनीले आफ्नो बिक्रिमा छ प्रतिशतले वृद्धि गर्दै ६६ ट्रिलीयन वन (५७ विलियन अमेरिकी डलर ) आम्दानी गरेको छ ।

रेफ इन्फिनेटिभले कम्पनीको आम्दानी ६३ ट्रिलीयन वन(५४.५ बिलियन डलर) हुने अनुमान गरको थियो । 

सामसुङले आफ्नो आम्दानीको बारेमा पुरा तथ्यांक सार्वजनिक गरेको छैन तर अक्टोबरको अन्त्यमा तेश्रो त्रैमासिकको प्रतिवेदन सार्वजनिक गर्नेछ ।

अक्टोबरको शुरुवातमा हुवावेले सामसुङलाई पछि पार्दै कोरोना महामारीमा सर्वाधिक बिक्रि हुने स्मार्टफोन बनेको थियो ।

हुवावेको प्रायजसो व्यापार चीनमा भएको थियो जुन अन्य राष्ट्रको भन्दा अधिक रहेको छ ।

हुवावेमा लगाइएको प्रतिबन्धको कारण अहिले सामसुङको व्यापार वृद्धि भएको छ भने हुवावेले निकै संघर्ष गर्नुपरेको छ  ।

वासिंगटनको हुवावेले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको बताएपछि प्रतिबन्ध लगाएको थियो । त्यसपछि कतिपय मुख्य अमेरिकी प्रविधि सप्लायर्स तथा प्रविधि कम्पनीले हुवावेसंग व्यापार रद्ध गरेका छन् ।

हुवावे कम्पनीले भने आफ्नो कुनैपनि उत्पादनले राष्ट्रिय सुरक्षामा खतरा नरहेको बताउदै आएको छ ।

तेश्रो त्रैमासिक सम्ममा सामसुङले आफ्नो स्मार्टफोन बिक्रिमा वृद्धि गर्दै पछिल्लो वर्षको स्थानमा पुगेको छ । 

५-जी नेटवर्क र मुल्यमा सुधार साथै अनलाइन मार्केटिंगमा जोड दिएको कारण अमेरिकाले हुवावे कम्पनीलाई प्रतिबन्ध गरेसंगै सामसुङको व्यापार अचानक बढ्दै गएको हो ।

कोरोना महामारीले खुद्रा पसल बन्द भएको कारण विश्वमा हुवावेको मार्केटिंग रकम कम भएको छ ।

विश्वमा लाखौ-करोडौं मानिस घरबाट काम गरिरहेका छन् र आफ्नो समय गेम खेल्दै, फिल्म हेर्दै बिताइरहेका छन् त्यसैले सामसुङले आफ्नो मेमोरी चिप व्यापारमा मुख्य काम गरेको छ ।

कम्पनीले अन्य स्मार्टफोन कम्पनी जस्तै एप्पल, साओमी र ओप्पो कम्पनीलाई डिसप्ले तथा मेमोरी चिप बिक्रि गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै